• रामेछाप । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०७२÷ ०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले पूर्वाधार कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्षको बजेट ल्याएका हुन् ।

    जिल्लाको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। चालु खर्चमा ६८.७५ प्रतिशत र पुँजीगत खर्चमा ३१.२५ प्रतिशत विनियोजन गरिएको छ ।

    रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार १ सय १० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ  विनियोजन गरिएको छ ।

    त्यसैगरी जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३ का लागि अनुमानित कुल ६८ करोड २५ लाख ८६ हजार, गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ९८ लाख ९४ हजार,खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँ ,उमाकुण्ड गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३ का ६१ करोड १३ लाख २३ हजार ४२६ रुपैयाँ,सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५० लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा चालु तर्फ करिव ६० प्रतिशत र पूँजिगत तर्फ करिव ४० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ । दोरम्बा शैलुङ गाउँपालिका
    आगामी आर्थिक बर्षको लागी ५५ करोड ७१ लाख ८० हजार ५०१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले असार १० गते अर्को वर्षका लागि बजेट ल्याउनु पर्ने व्यवस्था रहेकोले सोहि व्यवस्था अनुसार जिल्लाका सबै पालिकाहरुले आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम सहित वजेट ल्याएका हुन् ।

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…