रामेछाप । रामेछापमा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बा १३ च ३९३५ नम्बरको स्कारपियो गाडी रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर स्थितबोक्से पहरामा दुर्घटना हुँदा मन्थली नगरपालिका ११ गेलुका अन्दाजी ४० वर्षिय श्रीमती राधा चाैहानकाे घटना स्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।
उहाँको जानकारी अनुसार आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट खसेर दुर्घटना हुँदा मृतक महिलाको श्रीमान् अन्दाजी ४२ वर्षिय उत्तम चौहान घाइते भएका छन्।
घाइते चौहानलाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला भट्टले जानकारी दिए ।
उहाँको जानकारी अनुसार मृतक महिलाको शव घटना स्थलबाट उद्दार गरि पाेस्टमार्टमका लागि मन्थली अस्पताल लगिएकाे छ । गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र दुर्घटना कारण भने खुलिनसकेकाे प्रहरीले जनाएकाे छ ।