ओखलढुंगा । ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।
बा ५ ख ९५०५ नम्बरको पुर्व अरनिको यातायातको बस दुर्घटना हुँदा बसका चालक दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २४ का सरोज फुयाल घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार काठमाडौबाट मंगलबार चिसङ्खुगढी आएर डिटेनमा बसेको बस उक्त बसलाई सफा गर्नका लागि चालकले बुधबार बिहान चिसङ्खुगढी गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने खानी भन्ज्याङको कर्कले पानी भन्ने स्थानमा ल्याएका थिए । बस सफा गर्न ल्याउने क्रममा अचानक स्टार्ट बन्द भएको थियो ।
बसको स्टार्ट नै बन्द भएपछि स्थानीय युवाहरू लाई पछाडिबाट धकेल्न लगाई चालकले बस अगाडि बढाउन खोजेका थिए । बसलाई धकेल्ने क्रममा स्टेरिङ अचानक लक भएपछि बस सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।
घाइते चालकलाई उद्धार गरी उपचारको लागि जिल्ला सदरमुकाम स्थित सामुदायिक अस्पताल ओखलढुंगामा पठाइएको प्रहरीले जानकारी दिएको छ।