काठमाडौ । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।
बस्तीमा डोजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।साथै उनीहरुले डोजरमा पनि ढुंगामुढा गरेर तोफोड गरेका छन् ।
महानगरको नगर प्रहरीको टोली सुकुम्बासी बस्तीमा बनेको नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेका थिए । सोही क्रममा सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहोल बनेको छ ।