रामेछाप । रामेछापबाट काठमाडौँ जादै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको छ । बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस काभ्रेपलाञ्चोक को भुम्लु गाउँपालिका ८ पौवास्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा २३ जना घाईते भएका छन् ।
घाईतेको घुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मीन बहादुर घलेले जानकारी दिए।
उनको जानकारी अनुसार बस सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाईते भएका हुन् ।बस घटनास्थलमै रहेको र चालकलाई प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार घाइते काभ्रेपलान्चोक र रामेछापका रहेका छन् । काभ्रेपलान्चोकका १२, रामेछापका १० र गोरखाका एक जना घाइते भएका हुन् । घाइतेको घुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका घाइतेहरू
रामेछापको दोरम्बा गाउँपालिका–२ का ४६ वर्षीय भीमबहादुर मगर ।
रामेछापको दोरम्बा गाउँपालिका–७ का ४४ वर्षीय नम्बर सिंह तामाङ ।
रामेछापको दोरम्बा गाउँपालिका–४ का ४६ वर्षीया फुल माया तामाङ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का अन्दाजी ३० वर्षीया रामबहादुर चापागाईं
काभ्रेको चौरी देउराली गाउँपालिका– ५ का अन्दाजी ४५ वर्षीय मिन बहादुर विक ।
रामेछापको दोरम्बा गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय भुवन थापामगर ।
गोरखाको अजिरकोट गाउँपालिका– ४ का अन्दाजी ३५ वर्षीय कमल सुनार ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का २६ वर्षीय सुवास तामाङ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–५ का ४४ वर्षीया निर्मला खत्री ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–९ का अन्दाजी २१ वर्षीय सरोज रसाइली ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–२ का २६ वर्षीय राम गौतम
काभ्रेको चौरीदेउराली गाउँपालिका–४ का २१ वर्षीय सरोज विक ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का ७८ वर्षीय दोर्जे लामा
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का १७ वर्षीय प्रकाश गौतम
रामेछापको दोरम्बा गाउँपालिका–७ का ५९ वर्षीय असलमान तामाङ
रामेछापको दोरम्बा गाउँपालिका–७ का ६४ वर्षीय सुकलाल लामा
रामेछापको दोरम्बा गाउँपालिका–७ का ४५ वर्षीय शेर बहादुर तामाङ
रामेछापको दोरम्बा गाउँपालिका–४ का ५९ वर्षीय ४० वर्षीय तारा बहादुर श्रेष्ठ
रामेछापको दोरम्बा गाउँपालिका–७ की १५ वर्षीया दिव्या थापा मगर
रामेछापको दोरम्बा गाउँपालिका–४ ५१ वर्षीय चेत बहादुर श्रेष्ठ
काभ्रेको चौरी देउराली गाउँपालिका–३ का ५८ वर्षीया माइली तामाङ
काभ्रेको चौरी देउराली गाउँपालिका–५ की ६४ वर्षीया मैयाँ बुढाथोकी
काभ्रेको चौरी देउराली गाउँपालिका–५ का ४१ वर्षीय जनक रिजाल