काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
काठमाडौंबाट मेलम्ची तर्फ जाँदै गरेको बा २ ख ३२६५ नम्बरको बस पाँचखाल नगरपालिका-६, हनुमानगढीमा अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ ।
प्रहरीका अनुसार उक्त बसमा ३५ जना यात्रु सवार थिए । बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।