• काठमाडौ । बैंकिङ कसुर मुद्दामा फरार भएका रामेछापको एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ का ४७ वर्षीय खड्गबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज काठमाडौँ बल्खुबाट पक्राउ गरेको हो ।कार्की विरुद्ध विभिन्न प्रहरी कार्यालयमा ५ वटा वैंकिङ कसुरका मुद्धाको उजुरीको परेको र सबै मुद्धामा फरार रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिनुभयो ।

    उहाँको जानकारी अनुसार कार्की विरुद्ध यसअघि पनि बैंकिङ कसुरका ५ वटा मुद्धा रहेको र यो सँगै कार्की विरुद्ध बैंकिङ कसुरमा साँढे २ करोड बराबरको ६ वटा मुद्धा दर्ता भएको छ । 

    एउटा बैंकिङ कसुरको मुद्धामा दोषी ठहर भएका उनीलाइ २०८० फागुन २२ मा काठमाडौँ जिल्ला अदालतले १० दिन कैद र २० लाख जरिवाना हुने फैसला गरेको थियो ।

सम्वन्धित समाचार

रामेछाप । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०८२÷ ०८३ को नीति तथा कार्यक्रम र…

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…