मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्याएपछि सुन व्यावसायीहरु आन्दोलित भएका छन् ।
सुन र सुनको गरगहना खरिद विक्रीमा २ प्रतिशत विलासिताका कर, हिरा पत्थरमा १३ प्रतिशत भ्याट ल्याएको भन्दै खारेजीको मागसहित बिहिबार र सुक्रबार देशभरका सुन पसल बन्द गरेका छन् । व्यासायीहरुले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।
बिहिबार मोरङ पथरीशनिश्चरेका सुन व्यावसायीले हातमा कालो झण्डा, नारा जुलुससहित बजार परिक्रममा गरेका छन् । व्यावसायीहरुले मुख्य सडक स्थित शंखर सुनचाँदी पसल छेउमा कोण सभा गरेका थिए ।
कोणसभामा पथरी सुनचाँदी व्यावसायी संघका अध्यक्ष रमेश खत्री, व्यवसायी प्रदिपकुमार राई लगायतले सम्बोधन गरेका थिए ।
व्यवसायी प्रदिपकुमार राईले सुनको गरगहना विलाशिताको साधन नभएर गहना भएको बताए । विलाशिताको कर लगाएर सरकारले नेपाली संस्कृति, कालिगरको व्यावसाय माथि प्रहार भएको भन्दै तुरुन्त खारेजी गर्न माग गरेका छन् ।
कोणसभा अधि मन्दिर लाइनमा हस्ताक्षर संकलन भएको थियो । कार्यक्रममा एक्यबद्धता जनाउदै पथरी उद्योग वाणिज्य संघ लगायतका सुन व्यवसायीहरुले हस्ताक्षर संकलन गरेका थिए । ¥याली र कोणसभापछि उर्लाबारी मंगलबारे स्थित इलाका प्रशासन कार्यलय प्रमुख मार्फत सरकारलाई ज्ञपनपत्र र हस्ताक्षर बुझाएका छन् । इलाका प्रशासन कार्यलयमा उर्लाबारी, लेटाङ र कानेपोखरीको समेत सुन व्यावसायी उपस्थित रहेका थिए ।