मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले ‘इस्टिम’ खरिद गरेको स्पष्टिकरण दिएको छ ।
केही दिन अघिदेखि समाजिक संजालहरुमा आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम विपरित ५ करोड बढीको इनर्जी ड्रिङ्क ‘इस्टिम’ खरिद गरेको प्रचार भइरहेको छ ।
आरती बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नियमसंगत, सहकारी संस्थाको विधान, २३ औं साधारण सभा र कार्यसमितिको निर्णय अनुसारनै इनर्जी ड्रिङ्क ‘इस्टिम’ खरिद गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष यादवचन्द्र दुलाल, बरिष्ठ उपाध्यक्ष राजु भण्डारी, उपाध्यक्ष विष्णु पोखरेल, सचिव राजुकुमार काफ्ले, प्रमुख सल्लाहकार देवि प्रसाई, सल्लाहार तुलशी ढकाल लगायतको उपस्थिति रहेको थियो ।
आरती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यादवचन्द्र दुलाल, बरिष्ठ उपाध्यक्ष राजु भण्डारी लगायतले गत साधारण सभाको निर्णय अनुसार कार्यसमितिको थप निर्णय गरेर संस्थाको हितकै लागि समान खरिद गरिएको बताए ।
इनर्जी ड्रिङ्क ‘इस्टिम’को आधिकारिक डिलर वाईबी कम्पनी हो । वाईबी र आरती बहुउद्देश्यीय सहकारी संस्थासँग आरतीले ‘इस्टिम’ उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.सँग प्रत्यक्ष खरिद गर्ने सहमति भएको अध्यक्ष यादवचन्द्र दुलालले बताए ।
आरतीले खरिद गरेर समान ल्याएपनि बजारमा सप्लाइ वाइवीले गर्ने, सप्लाई गरे बापत भ्याट बाहेक ‘इस्टिम’ उत्पादन कम्पनीले दिने २ प्रतिशत सीडी डिस्काउन्ट (क्यास ब्याक) रकम वाइबीले पाउने सहमति भएको आरतीको वरिष्ठ उपाध्यक्ष राजु भण्डारीले बताए ।
सोही सहमति अनुसार आरतीले ५ करोड बढीको पहिलो लटमा १५ हजार र दोस्रो लटमा १० हजार गरि २५ हजार केस (काटन) ‘इस्टिम’ खरिद गरेका थिए । आरतीले खरिद गरेको पहिलो लटको १५ हजार कार्टन मा २ र पछाडीको १० हजार केस (कार्टन) खरिद गर्दा १.५ (डेढ) प्रतिशत मात्र सीडी डिस्काउण्ड (क्यास व्याक)को रकम वाइबीले लिएको बताए ।
उत्पादक कम्पनीले दिने क्यास ब्याक रकम लिए बापत वाईवी कम्पनीले सामान लोड, आनलोड, बिभिन्न स्थानमा बिक्री र विक्री भएको रकम आरतीमा जम्मा गर्नुपर्ने सहमति भएको बताएका छन् ।
‘इस्टिम’ उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.ले क्यास खरिद गर्दा दिने २ प्रतिशत क्यास ब्याक रकम बाहेक नाफा आरतीले नै पाउने छ ।
‘इस्टिम’को आधिकारिक डिलर वाईवी कम्पनी र आरतीवीच सहमति अनुसार ५ करोड बढीको ठूलो भोलुममा समान झरेपछि आरती सहकारी संस्थाका केही शेयर सदस्यहरु, केही व्यापारीहरु लगायतबाट विभिन्न शंकाको बिषय सामाजिक संजालमा प्रचार भइरहेका छन् ।
आरती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यादवचन्द्र दुलाल, व्यावस्थापक मोहन श्रेष्ठ नै वाईवी कम्पनीको मुख्य सञ्चालक भएपछि विभिन्न प्रकारका शंका जन्य बिषयहरु सञ्जालहरुमा पोष्ठ भएपछि सहकारी संस्थाले विज्ञप्ति प्रकाशन र पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाले आफ्नो स्पष्टिकरण राखेको हो ।
विज्ञप्ति