• मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगिताको ‘ए’ डिभिजनतर्फ एभरेष्ट बोर्डिङ स्कुल र ‘बी’ डिभिजनमा किर्तिपुर एकेडेमी प्रथम भएको छ । 
    गोल्ड मेडल विजेता एभरेष्टको तर्फबाट सिद्धान्त कन्दङ्वा, सेम्रिल राई, रिदम राई र संस्कार शिवाकोटी खेलेका थिए । 
    ए डिभिजन प्रतियोगितामा मोरङ मेरिगोल्ड दोस्रो र किर्तिपुर एकेडेमी तेस्रो भएका छन् । उपविजेता मोरङ मेरिगोल्डको तर्फबाट सिर्जन श्रेष्ठ, कृष्टि राई, सुप्रल याक्खा र मनिल गुरुङ खेलेका थिए । 
    एभरेष्ट र मोरङ मेरिगोल्ड साविक विजेता र उपविजेता विद्यालय हो । ए डिभिजनबाट खेलेका खेलाडी सिद्धान्त कन्दङ्बा सर्वउत्कृष्ट खेलाडी घोषित भए । 
    छात्रातर्फ मोरङ मेरिगोल्डकी कृष्टि राई उत्कृष्ट खेलाडी घोषित भएकी छन् । त्यसैगरी ८ कक्षा मुनिका खेलाडीमा वाल्मीकि बोर्डिङ स्कुलका प्रज्वल तामाङ पुरस्कृत भए । बी डिभिजन बिजेता किर्तिपुर एकेडेमीको तर्फबाट दिप्सन अधिकारी, रेबिका लिम्बू र चाल्स सारुमगर खेलेका थिए । 
    बी डिभिजनमा पञ्चायत मावि दोस्रो र एभरेष्ट बोर्डिङ स्कुल तेस्रो भए । बी डिभिजनमा बाल जागरण बोर्डिङ स्कुलका एन्जल थापा उत्कृष्ट खेलाडी, छात्रातर्फ किर्तिपुर एकेडेमीका रेबिका लिम्बू, कक्षा ८ मुनीका चाल्स सारुमगर पुरस्कृत भए । प्रतियोगितामा सर्वउत्कृष्ट कोच एभरेष्ट बोर्डिङ स्कुलका कोच लोकसागर साम्बा घोषित भए । 
    ए डिभिजन विजेता स्कुललाई ५, ३ र २ हजार, बी डिभिजन विजेता विद्यालयलाई ३, २ र १ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट प्रदान गरिएको थियो । 
    खेलाडी उ्रत्पादन गर्ने उदेश्यले आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रोहित सुब्बाले बताए । यो बर्ष १६ वटा विद्यालयबाट लिग १ (ए डिभिजन) र लिग २ (बी डिभिजन)मा ७० बढी विद्यार्थी सहभागी भएको संघले जनाएको छ । प्रतियोगिता स्वीस लिग राउण्ड रोबिङको आधारमा फागुन ६ देसि ८ गतेसम्म ९ राउण्ड खेलाइएको आरबीटर (निर्णायक) डम्बर बाछाना राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…