• रसिलो सिकुटी किन्न, खान कहाँ जाने ? पथरी
    ढुङ्गामा सेकाएको बंगुरको सेकुवा खान कहाँ जाने ? पथरीको सिरिजंङ्गा पार्क
    भट्टीमा सेकाएको चिकेन÷पोर्क खान कहाँ जाने ? पथरीको कटुसे
    बोटिङ गर्न कहाँ जाने ? शान्ति पोखरी पथरी (हाल पोखरी मर्मत भइरहेको)
    गर्मी छ, अल्छि लाग्यो पौडि खेल्न कहाँ जाने ? हरियाली वनको पौडी पोखरी र सिनभिलेज
    टिकटक बनाउनु छ, ट्रिहाउसमा खेल्नु छ कहाँ जाने ? पथरीको मनकामना वन
    फुटबल, क्रिकेट, बुद्धिचाल, भलिवल, व्यडमिन्टन खेल्नु अनि हेर्न कहाँ जाने ? पथरी
    सुनचाँदीको गहना, ब्रण्डेड लुगा, खाद्यन्न किन्न कहाँ जाने ? पथरी बजार 
    विरामी लाग्यो उपचार गर्न कहाँ जाने ? पथरी अस्पताल
    शरीर फिट गर्नुछ र स्वास्थ्यको लागि निशुल्क व्यायम गर्न कहाँ जाने ? पथरीको शान्ति र मनकामना वन
    गुणस्तरीय शिक्षा हाँसिल गर्नु छ, कहाँ जाने ? पथरीको शैक्षिक संस्थाहरु

    भौतिक संरचना निर्माण होस वा सूचना प्रविधि, स्वास्थ्य सचेतना होस वा खानपानमा र चेतना स्तर विकासमा एकपछि अर्को गर्दै पथरीशनिश्चरे फड्को मार्दै आएको छ । 
    हुनत देश, प्रदेश र स्थानीय पालिकामा अलि बढी देव्रे पाटोको चर्चा हुन्छ । दर्शक, श्रोता र पाठक पनि अलि बढी देव्रे पाटोको चर्चा रुचउने गरेका छन् । 
    नकारात्मक कुराको बढी चर्चाहुने एउटा ज्वालन्त उदाहरणको हो पथरीशनिश्चरे नगरको बेरुजु । करिव हप्ता दिन अघि पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राईको समाजिक सञ्जाल फेसबुक वालमा यस्तो देखियो ‘मोरङ्ग जिल्लामा रहेका नगरपालिका तथा गाउँपलिकाहरु स्थापनाकालदेखि आ.व.२०८०÷०८१ सम्मको बेरुजुको अवस्था हेर्दा पथरी शनिश्चरे नगरपालिका  कम बेरुजु गर्नेको ३ नम्बर सूचीमा रहेको कुरा नगरवासी सबैमा जानकारी गराउँदछु ।’ धन्यवाद । 
     आर्थिक बर्ष २०८०÷०८१ मा नगरको बेरुजु खर्लम्मै घटेछ । घटेर ९७ लाख (समग्रमा ११ करोड ४९ लाख ८४ हजार ७७३)मा झ¥यो । नगरबासी खुसी कि दुःखी ? अघिल्लो आर्थिक बर्ष (२०७९÷०८०)मा महालेखाको प्रतिवेदनमा एक आर्थिक बर्षको ४ करोड ८९ लाख २५ हजार (समग्रमा १८ करोड) बेरुजु आएको थियो । 
    पथरीशनिश्चरे नगरलाई बेरुजु बिहिन बनाउन प्रयात्न सबै क्षेत्रबाट गर्नुपर्दछ । यहाँ चर्चा गर्न खोजिएको बिषय चाही बेरुजु बढी आउने क्रमको दोस्रो नम्बरमा पर्दा सामाजिक सञ्चाल, चिया दोकानदेखि सञ्चार माध्यमहरुमा प्राथमिकताको बिषय बन्यो । अघिल्लो बर्ष जेरुजु बढी आउदाको तुलनामा घटेर मोरङ जिल्लामा कम आउनेबाट तेस्रोमा आइपुग्दा पुग्दा चर्चा र छलफलको बिषय त्यति देख्न पाइएन । 
    वडा अध्यक्ष राईको स्टाटसमा यो म्याटर तयार पार्दासम्म ७४ लाइक, २५ कमेन्ट र ८ शेयर देख्न पाइयो । प्रतिक्रिया मिश्रित प्रकारको छ । बिषय बेरुजुको मात्र होइन नकारात्मक बिषय (बढी बेरुजु) आउदा जति चाख मानेर प्रचार हुन्छ सकारात्मक (बेरुजु घट्दा) त्यति रुचाएर प्रचार गरेको पाइन्न । 
    योग गुरुहरु, ज्ञानी, ध्यानीहरुले भन्ने गर्छन ‘दिल, दिमागमा जस्तो कुरा खेल्छ, सोच्छ जीवन यस्तै हुन्छ ।’ त्यसैले देश, समाज र जीवन असल बनाउन खराव बिषय कटाउदै, छाड्दै असल कुरा लिदै प्रचार बढी गर्नुपर्छ भन्छन् । भ्रष्ट्राचार घटाउने, अनआवश्यक कमिसन कटाउने स्वयम यस्ता काम गर्ने नागरिकको पनि जिम्मेवारी हो । जस्तो सुकै बिषय भएपनि नकारात्मक कुरा सबैतर्फबाट घटाउदै लान भूमिका खेल्नु पर्दछ । 
    प्रचारमा हेर्दा कहिले काही हाम्रो पथरीशनिश्चरे देशको सबैभन्दा बढी नकारात्मक वा खराब काम हुने पालिका जस्तो सन्देश जान खोज्छ । 
    के पथरीशनिश्चरेमा खारब मात्र काम हुने गरेको हो त ? सरकारी होस वा सामुदायिक, निजी क्षेत्रबाट, हो कतिपय खराव काम भएका छन् । त्यो देब्रे पाटोमा छलफल गरौला ।

    पथरीशनिश्चरेको दाहिने पाटोको चर्चा 
    सुकुटी मिठो पथ्रिको लै लै, त्यो कोप्ने बजारको
    सँगैसँगै बसी सुकुटी तुङ्वा खाँउला नि हजारको
    मोरङ जिल्ला पथरी बजार घुमाउला तिमिलाई
    भूल्केको दर्शन गरौनसँगै लैजाउला कान्छिलाई
    मोरङ पथरी, हो मोरङ पथरीपहिलो भेटमै मनप¥यो उद्युम भनौ म कसरी....?


    सरोज खड्काको शब्दमा पवित्रा गुरुङ र विश्वसन्त राईको स्वरमा सजिएको यो गीत जस्तै पथरीशनिश्चरेमा घुम्न लायक स्थानहरु प्रशस्त निर्माणहुँदै गएको छ । 
    गर्मी बढेको बेला पौडि खेल्न चाहने पथरीशनिश्चरेको आन्तिरिक वा बाह्य पर्यटकको लागि हरियाली सामदायिक वनमा साना ठूला तीन वटा पौडि पोखरीमा मज्जाले आनन्द लिन सकिन्छ । सिजनमा दैनिक ४ सय पौडी खेल्न आउने गरेको हरियाली वन लिमिटेडका व्यवस्थापक रोहित बास्तोला बताउछन् । हरियालीमा पर्या पर्यटन क्षेत्र विकासको क्रम तिब्र अघि बढिरहेको सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर बताउछन् । 
        पथरीशनिश्चरेमा हरियालीको साथै २ नं. वडामा रहेको सिनभिलेज पार्टी प्यालेसमा पनि पौडि पोखरी रहेको छ । यी दुवै स्थानमा एसी सहितको कार्यक्रम गर्ने हलहरु रहेको छ । बस्न चाहने बाह्य पर्यटकहरुको लागि सिनभिलेज, साल्पा, पथरी बजारको पारिजात जस्ता सुविधा युक्त होटालहरु पथरीमा छन् । पौडि पोखरीकै कुरा गर्दा ३ नम्बर वडा किरात चोक पूर्वमा पनि सञ्चालनमा छ । पौडी पर्यटकहरुको लागि पथरीशनिश्चरे नगरमा तीन वटा स्थानमा पोखरीहरु रहेका छन् । 
    पर्यटक क्षेत्रको कुरा गर्दा शान्ति सामुदायिक वनले सञ्चालन गर्दै आएको पोखरीमा बोटिङ गर्न पाइन्छ । यहाँ सिजन लागेको बेला वनभोजको लागि मात्र ४५ वटासम्म समूह आउने गरेको शान्ति वन समूहका अध्यक्ष कुलमणी गुरुङ बताउछन् । शान्तिको मुख्य गेटमै टिकटको व्यवस्था गरिएको छ । वनभोजको समूहबाहेक एभरेजमा दैनिक २ सय र विभिन्न अवसरहरु साकेला, क्रिसमस, लोसार, चासोक तङनाम, नयाँ बर्ष दशै तिहार जस्ता अवसरमा एकै दिन २ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटन आउने गरेको अध्यक्ष गुरुङको भनाइ छ । 
    चाडहरुको बेला बोटिङ लेख्न र वन भोजको लागि घुइचो लाग्ने गरेको छ । वन भोज र बोटिङको लागि पूर्वी मोरङको सम्पूर्ण पालिकासाथै झापा, सुनसरीबाट पर्यटकहरु आउने गरेका छन् । यहाँ अझ व्यवस्थित पर्यटक क्षेत्र विकासको काम भइरहेको छ । 
    नगरको अर्को गन्तव्यको स्थल हो मनकामना सामुदायिक वन । यहाँको ट्रि हाउस सामाजिक सञ्जाल टिकटक, फेसबुक लगायत अन्तराष्ट्रिय रुपमा चर्चित छ । मुख्य सडकसँग जोडिएको कारण यो सडकभएर आउने पर्यटकहरु ट्रिहाउस छिर्ने गरेको मनकामना वनका अध्यक्ष उदय राई (दिनेश) बताउछन् । यहाँ सिजनमा दैनिक ४ देखि ५ सय र विभिन्न अवसरमा २ हजारसम्मको टिकट बिक्री भएको अध्यक्ष राईको भनाइ छ । 
    मनकामना वन भित्र कटुसे नसुन्ने कमै होलान । कटुसे खाजा गरमा भट्टीमा सेकाएको मञ्जले पाकेको पोर्क (बंगुर), चिकेन (कुखुरा)को मासु पिरो, स्वादिलो अचारसँग स्वादले खान पाइन्छ । 
    मुख्य सडक (मनकामना) दक्षिणमा रहेको सिरिजंङ्गा स्मृर्ति धार्मिक वन भित्र नौ बिशे खाजा घर पनि विस्तारै चर्चामा आउदैछ । यहाँ ढुङ्गामा सेकाएको पोर्क, चिकेन, लिम्बू संस्कृतिमा पाइने याङबेनको परिकार सेर्गेमको स्वाद लिन पाइन्छ । 
    धार्मिक वन भित्र किरात सिरिजंङ्गा लिपिको प्रवर्तक सिरिजंङ्गाको मूर्ति रहेको छ । युमा, फेदाङ्वा थान, किरात धर्मका माङहिम रहेको छ । बोटको लागि पोखरी तयारहुँदै छ ।  पथरीशनिश्चरे १ मा रहेका साकेला थान क्षेत्रमा साकेला (देवि)को साथै वाबु (चिण्डो), नेपालको प्रथम हाङ यलम्बरको मूर्तिहरु रहेको छ । यहाँ बर्षमा एक दिन भब्य साकेला महोत्सवको आयोजना गरिन्छ भने बर्षै भरी स्थानीय पर्यटकहरु घुम्न आउने गरेका छन् । सिरिजंङ्गा स्मृति धार्मिक वन र साकेलामा गेट, शुल्कको व्यवस्था नभइसकेको कारण दिनमा कति मानिस छिर्छन एकिन हुन्न । 
    पथरीशनिश्चरेका गुरुङ, मगर, तामाङको गुम्बाहरु, भूल्के लगायत पालिकाभर रहेका मन्दिर, मस्जिद, चर्चहरुमा धार्मिक सांस्कृतिक पर्यटकहरु आउने गरेका छन् । नगरको ३ नम्बर वडामा रहेको यले स्तम्भ चोकमा बर्षमा ३ दिन यले महोत्सव लाग्ने गरेको छ । यहाँ पनि प्रदेशको बिभिन्न भागबाट पर्यटकहरु आउने गरेको संस्थापक राजकुमार पालुङ्वा बताउछन् । 
    फेरि कुरा गरौ खाना कै । पथरीशनिश्चरे नगरमा यतिवेला तुङ्बा र सिकुटीको कारण पनि चर्चामा छ । तुङ्बा र सिकुटी प्रदेशको विभिन्न अन्य स्थानमा पनि पाइन्छ । तर, पथरीमा पथरीशनिश्चरे नगरपालिकाले नै दिएको तालिमबाट उत्पादिन जनशक्तिले व्यवस्थित रुपमा सिकुटी र सिकुटीको अचार बनाउन थालिएको करण अलि ताजा, स्वादिलो बन्ने गरेको पाइन्छ । 
    तालिम लिने मध्येका राधिका होटल सञ्चालक राधिका राई (लिम्बू) लगायतबाट उत्पादित सिकुटी नेपालमा मात्र होइन, एसिया, अमेरिका, युरोपको विभिन्न मुलुकहरुमा पुग्ने गरेको छ ।  सिकुटी कुरियर भएर वाह्य मुलुक जाने गरेको कुरियर सञ्चालक सुनिल दाहाल बताउछन् । याताताय, भाडा लगायत जोड्दा युरोप पुग्दा एक किलो सिकुटीको दाम ७ देखि झण्डै  १० हजार पुग्ने गरेपनि पथरीको सिकुटीको डिमाण्ड बढेको दाहालको अनुभव छ ।
    राधिकाको नजिकै गरेको तेम्चोङमा पनि सिकुटी उत्पादन हुन्छ । तेम्चोङमा डामेको पोर्क (बंगुर)को मासु, सिकुटी र चाहना अनुसार गलियो वा छिप्पिएको तुङ्वा स्वादले खान पाइन्छ । राधिका र तेम्चोङ होटल माथि गीतले भनिए झै सिकुटी र तुङ्वा पिउन पाइन्छ । हुन त पथरीको प्रियासी, पारिजात लगायतका होटलहरुमा लोकल कुखुराको इन्छा अनुसारको स्वाद बनाउन लगाएर लिन पाइन्छ । माछा, डाइमण्ड (कु्खुराको पुच्छरको भाग), जाँतेको परिकारले पथरीको बिभिन्न होटलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु तान्ने गरेको छ । 
    पर्यटन क्षेत्रको रुपमा डाँस मोरङ्गी सामुदायिक वन, सुन्दर, पशुपति लगायतका सामुदायिक वनहरु लागिरहेका छन् । कोही व्यवस्थित योजना बनाएर लागेका छन भने कोही स्वतह स्फुर्त रुपमा पथरीमा पर्यटक तान्ने काममा लागेका छन् । 

    कला क्षेत्र
    मनकामना सामुदायिक वन भित्र बखानसिंह गुरुङ्गको मूर्ति राखिएको छ । गुरुङ्ग नेपालमा सहकारी संस्था स्थापना गर्न आन्दोलन गर्ने र देशमा पहिलो पटक सहकारी संस्था स्थापना गर्ने संस्थापक हुन् । सहकारीको इतिहाँस खोज्ने, बुझन चाहनेहरुको लागि यो महत्वपूर्ण  स्थान हो । पथरी बजारमा यलम्बर, रत्न चोकमा रत्नकुमार वान्तावा, बुद्धचोकमा बुद्ध, ३ नं. वडाको थोकफेला चोकमा पहिचानवादी नेता कमल छाराहाङ, किराती चोकमा इमानसिंह चेम्जोङ, ७ मा मायादेविको मूर्तिहरु राखिएको छ । 
    पथरी बहुमुखी क्याम्पसको गेट छेउमा नो ड्रग लेखिएको पेन्ट्रिङ चित्र छ । अलिक माथि भूपू सैनिक स्कुल, पञ्चायत मावि, जनता मावि लगायत सार्वजनिक तथा संस्थागत विद्यालयको भित्री र बाहिरी भित्ताहरुमा आकर्षक चित्रहरु कोरियका छन् ।
    मूर्ति, चित्र वा कला बुझ्ने जमात जति भएपनि यी मूर्ति र चित्रहरुले नगरलाई आकर्षक गर्नुको साथै शन्देस प्रवाह गरिरहेका छन् । पथरीशनिश्चरे नगरमा सुन्दरता थप्ने काम कलाले गरिरहेका छन् । 

    पर्यटक तान्ने मावि पञ्चायनत 
    पथरीशनिश्चरेमा शिक्षा क्षेत्रबाट पर्यटक तान्ने विद्यालय हो पञ्चायत मावि । प्रदेश सरकारले नमुना घोषणा गरेको पञ्चायत मावि भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न छ । विज्ञान, ललितकला (चित्र, मूर्ति), कानून, पत्रकारिता लगायतको विषय पठनपाठन हुँदै आएको छ । कक्षा १२ सम्म अग्रेजी र नेपाली माध्यममा पढाइहुने पञ्चायको व्यवस्थापन, शैक्षिक गुणस्तर अवलोकन गर्न देशको विभिन्न स्थानबाट आउने गरेको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी बताउछन् । 
    पथरीमा पर्यटक तान्ने अर्को क्षेत्रहो फुटबल । यहाँ धनकुमार तामाङको नेतृत्वमा दुई वटा गोल्डकप प्रतयोगिताहरु भए । यस बेला नेपालका चर्चित फुटबलरहरु जमानु राई, सागर थापा, बिशाल लिम्बू, दीपक राई लगायतका खेलाडीहरु खेल्न आउदा फुटलरका फेन (साथी)हरु खेल हेर्न पथरी आउने नै भए । पछि सुमन विकको नेतृत्वमा भएको प्रतियोगितामा भने खेल जुदेर, सानो पुरस्कार राशी भएर वा व्यवस्थापनको कारण अघिल्लो गोल्डकपहरु जस्तो चर्चित फुटबलर र पर्याप्त दर्शकको उपस्थिति सोचे अनुरारको भएको देखिएन । 
    पथरीमा क्रिकेट प्रतियोगिताको चौथो संस्करण भइसकेको छ । त्यसैगरी ‘सहिद रत्नकुमार वान्तावा फिडे रेटिङ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पनि निरन्तर चौथो संस्करण समापन भएको छ । बुद्धिचालमा काठमाडौ, चितवन मात्र होइन पश्चिम नेपालदेखि पनि बुद्धिचाल खेल्न पथरी आउने गरेका छन् । बुद्धिचाल खेल्न नेपालको च्याम्पियनहरु, पूर्व च्याम्पियनहरु करिव दुई सय आएर चार दिनसम्म लगातार खेलेर जाने गरेका छन् । 
    चासोक तङ्नामको बेला पथरीको सिरिजंङ्गा स्मृति धार्मिक वन भित्र भलिवल र भुटानी शरणार्थी शिविरमा भएको व्यडमिन्टन कोटहुने प्रतियोगिामा पनि नगर बाहिर प्रेदेशको विभिन्न स्थानबाट खेल्न र हेर्न आउने गरेका छन् । 

    कृषि क्षेत्रको प्रयास
    पथरीमा पर्यटक तान्ने अर्को क्षेत्र हो कृषि । नगरपालिका ७९.८१ वर्ग किलो मिटर क्षेत्रफल रहेको छ । जस मध्ये कृषि क्षेत्रको कुरा गर्दा यहाँको ८५ प्रतिशत अर्थात ९ हजार ५ सय ९८ हेक्टर कृषि योग्य जमिन रहेको तथ्याङ्क छ । नगरपालिकाले खाद्य बालि उत्पादन, माछा, मौरी तथा पशुपालन, फलफुल, तरकारीदेखि फुल खेति लगायतमा जोड दिदै आएको छ । 
    कृषि फारम अध्ययन गर्न, तालिमहरु लिन, कृषि पढन पथरीशनिश्चरेमा आउने गरेका छन् । 
    खाद्य बाली उत्पादनमा वृद्धि गर्ने उदेश्यले सहुलियत दरमा मल, विऊ वितरण गर्दै आएको छ । कृषकलाई सहुलियत दरमा वितरण गर्दै आएको छ । नगरमा बाली विकास, बाली संरक्षण, भकारी सुधार, घाँस उत्पादन, कृषि प्रसार तथा यान्त्रिकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
        नगरपालिकामा पशु उपचार सेवा कार्यक्रम छ । नगरमा पशुपालन, माछा, मौरी पालक कृषक समूहहरुलाई तालिम दिदै आएको छ । नगरको ४ नम्बर वडामा रहेको भागिरथ माविको कक्षा ११ र १२ मा बाली विज्ञान विषय पठनपाठन हुँदै आएको छ । 
    पथरी शनिश्चरे नगरपालिका मासु र अण्डामा आत्मनिर्भर बनेको छ । बंगुर, कुखुरा र खसी आवश्यक पर्ने यही उत्पादन हुने गरेको छ । बंगुर भने काठमाडांै लगायतको क्षेत्रमा निर्यात हुने गरेको छ । पर्यटन तान्ने कृषि क्षेत्र पनि एक हो । 

    पथरी बजारमा व्यापारिक केन्द्र
    पथरीशनिश्चरे नगरको पथरी बजार नगरको मात्र होइन कानेपोखरी, उर्लाबारीको पश्चिम भाग, लेटाङ, मिक्लाजुङ र सुनवर्षी क्षेत्रको पनि व्यापारिक केन्द्र हो । यहाँ सुनचाँदीको गरगहना, ब्राण्डेट कपडा, खाद्यन्न र कृषि समाग्री केन्द्रको खरिद विक्रीको थापो पनि हो । 

    स्वास्थ्यमा चेतना जाग्दै
    स्वास्थ्य जनशक्तिले मात्र देश निर्माण गर्न सक्छ । पथरीशनिश्चरे नगरपालिकाले बार्षिक करोडौ खर्च गरेर स्वास्थ्य कर्मी राख्नुको साथै भवन सम्पन्न गर्न पनि ठूलै रकम खर्च भइरहेको पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको भनाइ छ । 
    अस्पताल अस्पतालको रुपमा सरकारले स्वीकृति दिएको छैन । संघीय सरकारले अस्पताल बनाउने कार्यक्रम दियो । भवनको लागि रकम दियो । तर, सरकारले दिएको रकमले भवन पूर्ण सम्पन्न भएन । फिनिसिङ गर्न रकम नगरबाट खर्च गर्नु परेको नगर प्रम्ख तम्बापो बताउछन् । ‘बजेट नगरबासीहरुकै लागि हो ।’ नगर प्रमुख मोहन तुम्बापो भन्छन ‘तीन जना एमबीबीएस डाक्टारहरुको साथै धेरै कर्मचारीहरु नगरबाटै राख्नु परेको छ ।’ 
    पथरीशनिश्चरे नगरको १ नं. वडाले शान्ति र मनकामना सामुदायिक वन क्षेत्रमा निशुल्क व्ययम गर्ने स्थालहरु राखि दिएको वर्तमान वडा अध्यक्ष भीमकुमार राई बताउछन् । स्वास्थ्यमा चेतना जग्दै गएको कारण यी खुल्ला व्यायम शालामा पनि बिहान बेलुका निक्कै भिड लाग्ने गरेको छ । 

    शिरबन्दी सिउरिएर, सद्भावमा निहुरिएर
    सुन्दरतामा चम्किएर, प्रगतिमा लम्किएर
    सवको माया प्रेमको मन्दिर, यो हाम्रो पथरीशनिश्चरे
    हाम्रो प्यारो पथरीशनिश्चरे.....


    दाहिने पाटोको कुरा गर्दा नगर गीतले भने जस्तै संघीय गणतन्त्त स्थापनापछि पथरी शनिश्चरे एकपछि अर्को प्रगतिको पथमा लम्किरहेकै छ । 
    माथि प्रस्तुत विषयहरु अर्थात पर्यटक तान्ने स्थालको रुपमा विकास गर्न निजी क्षेत्र र सरकारी (स्थानीय, प्रदेश र संघीय) सरकारको कुनै न कुनै रुपमा भूमिका रहेको छ । ‘वन तथा सिमसारयुक्त पर्यटकीय नगरी’ भन्ने नारा नगरले बनाएको छ । 
    पर्यटक क्षेत्र जस्तै भौतिक निर्माण सडक, सिचाइ, खानेपानी, सार्वजनिक भवनहरु निर्माणको हिसावले हेर्दा अघिल्लो दशकहरु वा बर्षहरु भन्दा केही न केही परिवर्तन भइरहेकै छन् । असिमिति चाहनाहरु सिमित श्रोतबाट छोटो समयमा संभव नहुन सक्छ । 
    विकास निर्माण वा समाज परिवर्तन स्वभाविक र नेतृत्वको योजना, कुशलता दुई प्रकारले हुदे गर्दछन् । जनताले सोचे, चाहे अनुसारको सिर्जशिल (कलात्मक) भौतिक संरचना र निर्माण नभएपनि स्वभाविक रुपमा बन्न चाँही बन्दै आएकै छन् । 
    अघिल्लो कार्यकाल भन्दा जय विष्टको नेतृत्व आएपछि पथरी खानेपानी तथा सरसफाइ समितिले २४ घण्टा पानी सप्लाइ गर्दै आएका छन् । यो पनि नेतृत्वकै कुशलताको कारण आएको सानो परिवर्तनको रुपमा लिन सकिन्छ । 
    नेपाली समाज भ्रष्ट्राचार, कमिसन, अनियमितताले गाँजेकै छ । पथरीशनिश्चरे सुद्ध होस कल्पना, अपेक्षा गर्नु राम्रो हो । आर्थिक अभाव, बेरोजगारी, सुकुम्बासी, खोला बाढीको कटान, शिक्षा, स्वास्थ्य, बेरोजगारी, पीडा जस्ता समस्या पथरीशनिश्चरेमा नहुने कुरा भएन । 
    बिषयहरु छन् । देब्रे दाहिने बिषयको चर्चा गर्दा पथरीमा अलोचना गर्नुपर्ने, भण्डाफोर गर्नुपर्ने केही घट्नाहरुसँगै दाहिने पाटोहरु पनि पक्कै छन् । भविश्यमा पथरीशनिश्चरे नगरलाई बेरुजु मुक्त बनाउन, भ्रष्ट्राचार, कमसिन, अनियमितता मुक्त बनाउन पहल सबै क्षेत्रबाट गर्न जरुरी छ । गर्नै पर्दछ । 
    यद्यपि केही बर्ष अघिदेखि पथरीशनिश्चरे नगरमा देब्रो पाटो भनौ वा नकारात्मक पाटोको बढी चर्चा हुने गरेको छ । देशैभर सबैभन्दा बढी अनियमितता यही भएजस्तो प्रचारले पक्कै राम्रो नगर्ला नगरलाई । दलीय सिष्टममा प्रतिपक्षले जहिले पनि तथ्य सूचनाको आधारमा सरकार पक्षलाई खबदारी, रचनात्मक विरोध र भण्डाफोर अभियानहरु जनताकै लागि नगरकै लागि सकारात्मक परिवर्तनको लागि हुन्छ । पछिल्लो परिस्थिति हेर्दा यहाँ भएजति सबै नकारात्मक काम मात्र हुन्छन् । केही घट्नाहरुमा दलका केही नेताहरु बिषय रामरी नबुझी ज्ञापन पत्र लिएर नगर पालिका छिरेको पाइयो ।  
    नगरमा २५ प्रतिशत भन्दा बढी नकारात्मक प्रचार कसैले भनिदिएको भरमा र तथ्य प्रमाण विना प्रचार हुने गरेको छ । अर्ध सत्य, सत्य कि तथ्य हो असत्य नै प्रचार भएपनि हो मा हो मिलाउने दर्शक, श्रोता तथ्यसम्म पुगेर मात्र धारणा बनाउनु पर्ने अवस्था छ । 
     

    हातमा हात मिलाएर विकासमा जुट्छौं
    चेतनाले व्यूँझाएर अझै माथि उठ्छौं । 
    साना घरे के ठूला घरे ?
    बराबर हो पथरीशनिश्चरे
    यो हाम्रो पथरीशनिश्चरे
    हाम्रो प्यारो पथरीशनिश्चरे 


     

     

सम्वन्धित समाचार

मोरङ । मोरङ पथरीशनिश्चरे नगर अस्पतालमा एक बर्षमा करिव १२ करोड आर्थिक संकलन भएको छ ।  पथरीशनिश्चरे …

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्र…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…