रामेछाप । रामेछापमा एक युवक मृत अवस्थामा फेला परेको छ। रामेछाप नगरपालिका १ गोठगाउँमा अन्दाजी ३२/३३ वर्षीय युवक नवीन तामाङ मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
स्थानीयले दिएको जानकारी अनुसार गत शनिबार बिहान तामाङको शव अनुहार घोप्टो परेर लडिरहेको अवस्थामा शव भेटिएको थियो ।
शव भेट्ने बित्तिकै एक स्थानीयले गाउँमा होहल्ला गरि गाउँमा सबैलाई खबर गरेको र प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले खबर पाए लगत्तै साँघुटार प्रहरी चौकीको टोली र ईलाका प्रहरी कार्यालय धोबिबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको स्थानीयले बताएका छन् ।
प्रहरीले घटनास्थलगत रिपोर्टिङ गरि मुचुल्का तयार गरी मृतक तामाङको शवलाई पोस्टमार्टमको लागि सदरमुकाम मन्थली पठाएको प्रहरीले जनाएको छ।
प्रहरीको जानकारी अनुसार मृतकका परिवारले त्यहाँ जिल्ला अस्पताल मन्थलीमा शव परीक्षण गर्न नमानेपछि शवलाई काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पठाइएको र घटनाको अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।