रामेछाप । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रामेछापको मन्थली - चरिकोट सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ।
शनिबार रातिदेखिको लगातार वर्षापछि रामेछाप र दोलखाको सिमाना खिम्ती पुल नजिकै ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापको जानकारी अनुसार पहिरो अत्यधिक ठूलो नभएकाले सडक खुलान डोजर परिचालनको प्रयास भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले खिम्ती खोला आसपासका क्षेत्रहरूमा आज बाढी र पहिरोको सम्भावना उच्च रहेको जनाएको छ।