• काठमाडौ । चितवनमा बस र माईक्रो बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।चितवनको राप्ती नगरपालिका–४, भण्डारामा यात्रुबाहक बस र ईभी गाडी ठोक्किँदा ७ जनाको  मृत्यु भएको हो ।

    शनिबार बिहान साढे १० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको बस (प्रदेश १–०१–००१ ख ३४८३) र विपरीत दिशाबाट आइरहेको ईभी (बागमती प्रदेश ०३–००१ ज २९९) एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    दुर्घटनामा दुबै गाडीका ३१ जना घाइते भएका थिए। घाइतेमध्ये उपचारका क्रममा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरूलाई भरतपुर अस्पताल पठाइएको छ।

    दुर्घटनास्थलमा नम्बर ३ गढिमाई बाहिनीबाट सप्रनिक कमाण्डमा ४१ जनाको टोली खटिएको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

सम्वन्धित समाचार

काठमाडौ  । सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस  दुर्घटना भएको छ। बा.…

उर्लाबारीको राजनीतिक र सामाजिक क्षेत्र लगायतमा परिचित नाम हो, गंगाप्रसाद खरेल । वैशाख ३० गते हुने स्थानी…

काठमाडौं, ९ पुस टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्…

झापा ५ माघ झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोज…