• धर्मेन्द्र कु. यादव
    महोत्तरी। महोत्तरीको मनरा सिस्वा नगरपालिकाको उपमेयर रमिता प्रधानको श्रीमान विनोद गामिले आफनै छिमेकी बालिकाको बलत्कारको प्रयास गरेको आरोप लागेको छ ।
    बुधबार साँझ करिब ६ बजे देिख आफ्नै घर मनरा सिस्वा नगरपालिका ६ बाट बेपता भएकी १४ बर्षीया बालिकालाई सोही ठाउँका एकजना महिला गिना बैठा र विनोद गामीले जबरदस्ती दुबै हाथ, खुटा र मुखमा कापडा बाँधेर शौचालयमा बन्द गरेको अवस्थामा बालिकालाई प्रहरीले उद्वार गरेको थियो ।
    ६ बजे देखि बालिकालाई परिवारजनले खोजतलास गर्दा समेत फेला नपरेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र स्थानीयबासीले खोजतलास गर्दे जाँदा उपमेयर रमिता प्रधानको घर नजिक बालिकाको एउटा चप्पल देखेपछि स्थानीय र प्रहरी उपमेयरको घर पुगेका थिए । यता बालिकाको मुख बाँधेका कारण बालिका चिच्याउन नसकेपछि सानो आवाज दिइरहदा प्रहरीले शौचालयको ढोका खोलेपछि बालिकाको उद्वार भएको थियो ।
    बालिका ६ बजे साथीको घरबाट आफनै घर आइरहेको बेला विनोद गामिले जवरदस्ती हाथ खुटा र मुख बाँधेर आफनै घरको शौचालयमा लगेर बलत्कारको प्रयास गरेको पिडित बालिकाको परिवारजनको आरोप रहेको छ ।
    यता स्थायिनबासिका अनुसार विनोद गामि त्यसलगतै भाग्न खोजेपछि प्रहरीलाई जानकारी दिएपनि प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै स्थानियहरु आज विहानै देखि जलेश्वर बर्दिवास सडक खण्डमा टायर बालेर सडक अवरुध गरेको छ ।
    घटना लग्तै विनोद गामि फरार भएका छन भने उनको खोजी भइरहेको र घटनाबारे सत्य तथ्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौ । दोलखाको वैतेश्वर गाउँपालिकाका एक पुरुष सुनकोशी नदीमा हामफालेका छन् । वैतेश्वर गाउँपालिका …

रामेछाप । रामेछापबाट काठमाडौँ जादै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको छ । बा ३ ख ८४०८ नम्बरको यात्रुब…

रामेछाप । हिमाल पावर हाइड्रोका गार्डको रामेछापको खिम्ती खोलामा पौडी खेल्न जादा डुबेर मृत्यु भएको छ । मृ…

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…