• २० मंसिर, कपिलबस्तु। सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
    कपिलवस्तु कृष्णनगर बोर्डर पोष्टमा कार्यरत गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियारको टोलीले पक्राउ गरेको हो ।
    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गुरुङलाई ३५ हजार रुपैयाँसहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग अतिरिक्त रकम लिइसकेको अवस्थामा कृष्णनगर वडानम्बर २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिइएको अधिकारीले जानकारी दिए ।
    गुरुङमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौ । दोलखाको वैतेश्वर गाउँपालिकाका एक पुरुष सुनकोशी नदीमा हामफालेका छन् । वैतेश्वर गाउँपालिका …

रामेछाप । रामेछापबाट काठमाडौँ जादै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको छ । बा ३ ख ८४०८ नम्बरको यात्रुब…

रामेछाप । हिमाल पावर हाइड्रोका गार्डको रामेछापको खिम्ती खोलामा पौडी खेल्न जादा डुबेर मृत्यु भएको छ । मृ…

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…