• गोठगाँउमा जुवा तास खेल्ने १५ जना पक्राउ
    मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मंगलवार साँझ ६ बजे स्थानीय गौतमराजपोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालयबेलवारीबाट खटिएको प्रहरी टोलीले घर धनी सहित सुन्दरहरैचा ७ बस्ने टेक बहादुरबि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला,हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर,सुन्दरहरैचा(९ का सजाद मिया, सुन्दरहरैचा ११ का जय प्रसाद घिमिरे, गोपालपौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरेलाई पक्राउ गरेको हो । तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ भने निजहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…