• मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएका छन् ।
    उपेन्द्र यादव नेतृत्वमा रहेको सो पार्टीको तर्फबाट राईले उमेद्वारी दिएका हुन् । जसपा नेपाल पार्टीको चुनाव चिन्ह छाता रहेको छ । 
    राई पार्टी संवद्ध विद्यार्थी समितिको केन्द्रीय सदस्य, उपमहासचिव, उपाध्यक्ष, पार्टीको काठमाडौं जिल्ला समिति सचिव, इलाम जिल्ला समिति संयोजक, जिल्ला इन्चार्जहुँदै लिम्बुवान राष्ट्रिय समिति सचिव, मुख्यसचिव, उपाध्यक्ष भएर पार्टीमा क्रियाशील रहेका छन् । 
    पहिचानको आन्दोलनमा राईले जसपा नेपालबाट प्रत्यक्ष निर्वाचनको लागि उमेद्वारी दर्ता गरेका हुन् । 
    स्थायी घर इलाम भएपनि सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचन लड्न मनोनयन दर्ता गरेका हुन् । सुनसरी—१, प्रधानमन्त्रीको दावेदार गर्दै आएका पूर्व मेयर हर्क साम्पाङ राईको कारणले चर्चामा छ । 
     

सम्वन्धित समाचार

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…