• पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम गरेको छ ।
    पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको एभरेष्ट स्कुल निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन (प्याब्सन) नगर समितिले सोमबार आयोजना गरेको प्रतियोगितामा प्रथम भएको हो ।
    एभरेष्टको तर्फबाट दिक्षा मगर, दृष्टी न्यौपाने, सितल सेन्चुरी र निमिशा बस्नेतको टिम स्पेलिङ कन्टेष्ट (हिज्जे प्रतियोगिता)मा सहभागी भएका थिए ।
    प्रतियोगितामा पेगोडा मोडल दोस्रो, न्यू पेगोडा तेस्रो स्थान भएका छन् । त्यसैगरी रेडस्टार मावि, ग्रेटग्रेस बोर्डिङ स्कुल र केचना प्याराडाइज स्कुल सान्त्वना घोषित भएको प्याव्सन नगर अध्यक्ष सन्तोष बस्नेतले बताउनुभयो ।
    विजेता स्कुलहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पथरीशनिश्चरे नगरको २२ वटा संस्थागत विद्यालयहरु सहभागि भएको प्यब्सन गनर सचिव सुजन बास्तोलाले बताउनुभयो । विजेता ६ वटा स्कुलहरु विराटनगरमा हुने जिल्ला स्तरीय स्पेलिङ कन्टेष्टमा सहभागिता जनाउनेछन् । हिज्जे प्रतियोगिता पथरीको भूपू सैनिक बोर्डिङ स्कुलमा भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे पञ्जा लडाइ …