• काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

    गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा परीक्षामा नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । भने आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल १  लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

    सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    कक्षा १२ को नतिजाराष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा  neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।

    यस्तै एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

    आईभीआर सेवा प्रयोग गर्न चाहनेले नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा सुन्न सक्नेछन्। त्यसैगरी, *१६०१# डायल गरी यूएसएसडी सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिन्छ।

सम्वन्धित समाचार

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…

काठमाडौ । दोलखाको एक युवक भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ …

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…