काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले स्पष्ट शब्दमा रास्वपा छाडेको घोषणा गरेकी हुन् ।
श्रेष्ठले लेखेकी छन्, ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडें।’