• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब—२०२५ विजेता रिजु भट्टराईलाई नगदसहित सम्मान गरेको छ ।
    मंगलबार विद्यालयले कार्यक्रम आयोजना गरेर भट्टराईलाई मायाको चिनो, खदा र नगदले सम्मान गरिएको हो ।
    रिजु भट्टराईले न्यू प्यागोडामा कक्षा ३ देखि कक्षा १० सम्मको अध्ययन पूरा गरेका थिए । विद्यालयका प्रिन्सिपल उद्वव निरौला, संस्थापक निर्देशक टीका प्रसाद दङ्गाल र व्यवस्थापक दुर्गा सुवेदी दङ्गालले संयुक्त रूपमा भट्टराईलाई सम्मान गरेका थिए ।
    सम्मान ग्रहण गर्दै भट्टराईले न्यू प्यागोडामा अध्ययन गरेका बेला आफूले अनुभव गरेका पलहरू स्मरण दिएकी थिइन् । उनले विद्यालयले आफूलाई दिएको ज्ञान, अनुशासन र आत्मविश्वासकै कारण यो यात्रामा सहज भएको बताएकी छन् । रिजु अल्वानियामाहुने विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट सहभागिहुन जाँदैछिन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…