• मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीशनिश्चरे नगरमा दीप प्रज्वलन गरेर खुसीयाली मनाइएको छ ।
    गुरुङ छोज धीँ र नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिले आइतबार साँझ दीप प्रज्वलन गरेर गण्डकी सरकारलाई धन्यवाद दिदै निर्णयको स्वागत गरेको हो । 
    गण्डकी प्रदेश सभाले असार २४ गते ‘मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसहमत पारित गरेको थियो । 
    विधेयक पारितभएसँगै गण्डकीमा अब मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषाको मान्यता पाएको छ । उक्त निर्णयको स्वागत गर्दै मोरङको पथरीशनिश्चरे नगरमा मगर र गुरुङ समुदायले दीप प्रज्वलन गरेको हो । 
    आइतबार अपरान्ह मुख्य सडक (डिपार्टमेन्ट) छेउमा गुरुङ छोज धीँ (गुरुङ राष्ट्रिय परिषद)का नगर अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम भएको हो । नेपालको नक्सा र नेपाल भित्र रहेको गण्डकी प्रदेशमा वरिपरि मैन वत्ति राखेर दीप प्रज्वलन गरिएको थियो । 
    कार्यक्रमको प्रमुख अतिथिको रुपमा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव तथा फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, गुरुङ राष्ट्रिय परिषद मोरङ जिल्ला उपाध्यक्ष हेमभक्त तमु, नेपाल मगर संघका नगर अध्यक्ष टंक मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
    कार्यक्रमको प्रमुख अतिथि अर्जुन जम्नेली राईले मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन भूमिका निर्बाह गरेकोमा गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्व सरकारलाई धन्यवाद दिए । 
    राईले १ नं. प्रदेशमा पनि भाषा आयोगले वक्ता संख्याको आधारमा लिम्बू र मैथिलि भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन गरिएको सिफारिसको आधारमा निर्णय गर्न सरकार र प्रदेश सभालाई अनुरोध गरेका छन् । 
    भाषा, धर्म संस्कृति, जातजातिको संरक्षण र विकासहुँदा कोसैले नताव लिन नहुने, सबैको समानुपातिक रुपमा विकासमा लाग्नुपर्ने प्रमुख अतिथि अर्जुन जम्नेली राईले बताए । 
    गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिए जस्तै प्रदेशको पुनः नामकरण गर्दै तमुवान मगरात राख्न गण्डकी प्रदेश सभालाई आग्रह गरे । 
    प्रदेश १ लगायत सम्पूर्ण प्रदेशहरुको जनताको माग अनुसार पहिचानको आधारमा पुन नामकरण भए कसैको प्रधानमन्त्री, मुख्यमन्त्री, मुख्यसचिव लगायतको पद नजाने बरु देशभर खुसीयाली छाएर जनताको थप बलियो समर्थन जुट्न सक्ने बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…