• मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षामा जीपीए—४ ल्याउने विद्यार्थीलाई नगद एक लाखको दरले पुरस्कार प्रदान गरेको छ ।
    सोमबार हरियाली सामुदायिक वनको सभा हलमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो । 
    वाल्मीकिबाट एसइई परीक्षामा निश्चल न्यौपाने र आयुस्मा दाहालले जीपीए—४ ल्याएर उतिर्ण गरेका थिए । दुवैजना विद्यार्थीलाई नगद एक लाखको दरले पुरस्कार प्रदान गरेको छ ।
    मोरङमा प्रदेशको राजधानी रहेको विराटनगर बाहिर वाल्मीकिबाट मात्र २ जना विद्यार्थीले जीपीए—४, ल्याएका थिए । 
    वाल्मीकि मेमेरियल आवासीय मावि विद्यालय सञ्चालक समितिको अध्यक्ष नोवलकिशोर खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्बापो, विद्यालयका प्रिन्सिपाल चन्द्र दुलाल लगायतको हातबाट टिका, माला र नगद प्रदान गरिएको थियो । 
    वाल्मीकिले जीपीए—३.९५ ल्याएने ३ जनालाई १० र ३.९० माथि ल्याएने ९ जनालाई ५ हजार र सम्पूर्ण उर्तिण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको थियो । वाल्मीकिबाट परीक्षा दिने सम्पूर्ण विद्यार्थीले जीपीए—३.८ भन्दा बढी ल्याएर उतिर्ण भएका छन् । 
    कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य कार्यक्रमहरु राखेर उपस्थित अभिभावक तथा विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । वाल्मीकिले केही बर्ष अघिदेखि बुद्धिचाल (चेस), फुटबलको पनि फुलटाइम कोच (शिक्षक) राखेर तालिमहरु दिदै आएको छ । प्याब्सनले आयोजना गर्ने जिल्ला स्तरीय फुटबल प्रतियोगितामा तीन पटक च्याम्पियन भइसकेको छ । पुरस्कार वितरण कार्यक्रममा प्रिन्सिपल चन्द्र खनालले बाह्य प्रतिष्पर्धा गर्न सकुन भन्ने मान्यता राखेर पठनपाठन गरिदै आएको बताए ।


     

सम्वन्धित समाचार

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …