काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा धरौटी तिरेर रिहा भएलगतै माओवादी नेतृ अमला रोका पुन पक्राउ परेकी छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई आज दुई लाख धरौटीमा रिहा गरेको थियो । धरौटी तिरेर रिहा भएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
६१ किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी फरार रहन्दै आएकी थिईन् । रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो ।
रोकालालाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् ।