• मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्वमा नयाँ समिति चयन भएको छ । 
    समितिको उपाध्यक्षमा सुन्दर देवान रार्ई, सचिवमा राजकुमार राई, सहसचिवमा डीकवीर कुलुङ, कोषाध्यक्षमा मनिका राई सर्वसहमत चयन भएका छन् । 
    सदस्यहरुमा श्यामकुमार राई, नहकुल राई, असीम राई, नवीन राई, लोबिता राई, प्रकाश राई, टिका खालिङ राई, विष्णु राई, पूर्णकुमार राई चयन भएका छन् । 
    मोर्चाको जिल्ला सचिव लिलाबहादुर राईको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, महासचिव अर्जुन जम्नेली राई, सचिव हर्क छिन्ताङ राई, नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्यसमेत रहेका दमक नगर इन्चार्ज बेदु गौतम लगायतले शुभकामना दिएका थिए । 
    किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौ र लिम्बुवान रािष्ट्रय मुक्ति मोर्चाको सातौ राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन बैशाख २६ गते धरानको भानुचोकमा पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुँदैछ । 
     


     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…