• मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा धनकुटा जिल्लाको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनबाट अमृत राईको नेतृत्वमा नयाँ समिति चयन भएको छ । 
    समितिको उपाध्यक्षमा उमेश राई, सचिवमा संगम राई, सहसचिवमा अनिता राई, कोषाध्यक्षमा बिजय राई सर्वसहमत चयन भएका छन् । 
    सदस्यहरुमा राममाया राई, गंगा राई, रामबहादुर राई, चक्रबहादुर राई, अबिन्द्र राई, शुरेसकुमार राई, अशोक राई, युकेश राई, योगेन्द्र राई र जीना राई चयन भएका छन् । 
    समितिको सल्लाहकारहरुमा उद्धवमणि राई, शहरमान राई, ज्ञानु राई चयन भएका छन् । 
    सम्मेलनको उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक कुसुमकुमारी श्रेष्ठ, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, अशोक राई, महासचिव अर्जुन जम्नेली राई लगायतले शुभकामना दिएका थिए । 
    कार्यक्रममा पार्टीको प्रदेश समिति सदस्यसमेत रहेका लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव विष्णुमाया कन्दङ्वा, पार्टी धनकुटा जिल्ला सचिव ओमप्रकाश निरौला, छथर जोरपार्टी गाँउपालिकाको उपाध्यक्ष गीता गुरुङ खेवा लगायतको उपस्थिति रहेको थियो । 
    किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौ र लिम्बुवान रािष्ट्रय मुक्ति मोर्चाको सातौ राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन बैशाख २६ गते धरानको भानुचोकमा पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुँदैछ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…