• मोरङ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति मोरङको आयोजनामा निशुल्क ड्राइभिङ (सवारी चालक) र प्रस्ताव लेखन तालिम बुधबार उद्घाटन भएको छ । 
    पथरीशनिश्चरे नगरको सहयोगमा २० जना युवा, युवतिको लागि एक महिने ड्राइभिङ(सवारी चालक)ं र ३५ जनालाई पाँच दिने परियोजना प्रस्ताव तथा माइन्युट लेखन तालिमको उद्घाटन भएको हो । 
    पथरीशनिश्चरे—१० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख देबीमाया काफ्ले, १ नं. वडा अध्यक्ष भिमकुमार राई, आदिबासी जनजाति पत्रकार महासंघ .(फोनिज)ं संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई लगायतले तालिम सफलताको शुभकामना दिएका थिए । 
    महासंघको नगर अध्यक्ष देबेन्द्र वनेम लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा कला मगरले सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, सुनाखरी मावि सञ्चालक समितिको अध्यक्ष प्रदिपकुमार राई, नगरको सूचना सम्पादक सन्तोष राई, आदिबासी जनजाति महासंघ नगर समितिको पूर्ब अध्यक्ष हेमभक्त गुरुङ बिभिन्न जातीय संस्थाका नगर अध्यक्षहरु उद्घाटन कार्यक्रममा उपस्थित रहेको आयोजक नगर महासंघको कोषाध्यक्ष मिना भुजेलले जानकारी दिए ।  
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…