• मोरङ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति मोरङको आयोजनामा निशुल्क ड्राइभिङ (सवारी चालक) र प्रस्ताव लेखन तालिम बुधबार उद्घाटन भएको छ । 
    पथरीशनिश्चरे नगरको सहयोगमा २० जना युवा, युवतिको लागि एक महिने ड्राइभिङ(सवारी चालक)ं र ३५ जनालाई पाँच दिने परियोजना प्रस्ताव तथा माइन्युट लेखन तालिमको उद्घाटन भएको हो । 
    पथरीशनिश्चरे—१० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख देबीमाया काफ्ले, १ नं. वडा अध्यक्ष भिमकुमार राई, आदिबासी जनजाति पत्रकार महासंघ .(फोनिज)ं संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई लगायतले तालिम सफलताको शुभकामना दिएका थिए । 
    महासंघको नगर अध्यक्ष देबेन्द्र वनेम लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा कला मगरले सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, सुनाखरी मावि सञ्चालक समितिको अध्यक्ष प्रदिपकुमार राई, नगरको सूचना सम्पादक सन्तोष राई, आदिबासी जनजाति महासंघ नगर समितिको पूर्ब अध्यक्ष हेमभक्त गुरुङ बिभिन्न जातीय संस्थाका नगर अध्यक्षहरु उद्घाटन कार्यक्रममा उपस्थित रहेको आयोजक नगर महासंघको कोषाध्यक्ष मिना भुजेलले जानकारी दिए ।  
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…