• मोरङ । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल (चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड कायम गरेका छन् । 
    बर्षको अन्तिम साता (२०८० चैत्र २७ देखि ३०) बुद्धिचाल खेलाडीहरुका लागि मोरङ पथरीशनिश्चरेमा कुम्भ मेला झै लागेको थियो । 
    फ्रेन्डसीप चेस क्लवद्वारा आयोजित ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ प्रतियोगितामा देश, विदेशमा खेलेका १५० जना चर्चित खेलाडीहरु चारदिनसम्म भिडेका थिए । 
    प्रतियोगिता ९ राउन्डको खेलमा पथरीशनिश्चरेका लोकसागर साम्बा अपराजित यात्रा तय गर्दै ८ अंक प्राप्त गरेर देशमै दोस्रो पुरस्कार जित्न सफल भएका हुन् । फष्ट रनरहुँदै साम्बाले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
    लोकसागर साम्बाले प्रतियोगितामा प्रथम भएका राजेन्द्र राई र यही प्रतियोगिताको पहिलो संस्करण बिजेता सुश्रुत दाहालसँग मात्र बराबरी खेलेका थिए । 
    साम्बाले २००१ रेटिङ भएका बुद्धिचाल खेलको क्याडिडेट मास्टर९सीएम० मिलन लामा, १९३८ रेटिङका बिष्णु सुब्बा, सुमन श्रेष्ठ, सुदिप लामा लगायतका देशकै चर्चित खेलाडीहरुलाई पराजित गरेका थिए । 
    मोरङ पथरीशनिश्चरे नगर खेलकुद बिकास समितिका सदस्यसमेत रहेका लोकसागर साम्बा यस अघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा मोरङ जिल्ला च्याम्पियनहुँदै प्रदेशसम्म छनौट खेल खेलेका थिए । पथरीशनिश्चरे नगरले आयोजना गरेको नगर खेलकुद महोत्सवमा पुरस्कार जितेका थिए । 
    फ्रेन्डसीप चेस क्लवको आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रुपेश जैसवाल, नबीन तन्डुकर,पुरुषोतम चौलागाइ लगायत अन्तराष्ट्रिय खेल खेलेका खेलाडीहरु सहितको प्रतिष्पर्धामा देशमै दोस्रो पुरस्कार जितेर लोकसागर साम्बाले नयाँ रेकर्ड कायम गरेका हुन् । साम्बा बिभिन्न विद्यालयहरुमा बुद्धिचाल प्रशिक्षणसमेत दिदै आएका छन् । आगामी दिनमा बुद्धिचाल खेल बिकासको लागि अझ सक्रियहुने साम्बाले बताएका छन् । सानदार खेल प्रस्तुत गर्दै राष्ट्रिय प्रतियोगितामा दोस्रो भएका साम्बा फ्रेन्डसीप चेस क्लवका सचिवसमेत हुन् । 

    प्रतियोगिता खेल्दै लोकसागर साम्बा

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…