• मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा सम्सेर लिम्बूको संयोजकत्वमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन भएको छ । 
    लिम्बू नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारी नगर समितिको अध्यक्ष हुन् । समितिको सहसंयोजकहरुमा श्री धिमाल, मणिराज याक्खा, सचिवमा नारायण चाम्लिङ राई र कोषाध्यक्षमा अञ्जु लिङ्देन चयन भएका छन् । 
    गठित संयोजन समितिको आयोजनामा नगरमा पुनः ब्यापक उपस्थितिमा महासंघमा आबद्ध सम्पूर्ण संस्थाको पदाधिकारी सदस्यहरु सदस्य रहनेगरी समिति बिस्तार गरिने सचिव नारायण चाम्लिङ राईले बताए । 
    बैशाख १७ गते होटल सिङ्घिममा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बा, जिल्ला संघर्ष समितिको अध्यक्ष रामभक्त कुरुम्बाङ, सचिव जयराज संयोग, सदस्य बेदेन्द्र श्रेष्ठ, रुकमिनि धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको जिल्ला अध्यक्ष जीवन खेवा लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…