• मोरङ । आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर शनिबार राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको आयोजनामा भएको भेलाले भक्त राईलाई युथफोर्सको कमाण्डर चयन गरेको छ ।

    पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित ‘युवासँग उम्मेद्वार कार्यक्रम’मा राईलाई सो जिम्मेवारी दिइएको हो । राई युवा संघको केन्द्रीय सदस्य हुन् ।
    कार्यक्रममा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यको उम्मेद्वार भानुभक्त ढकाल, पथरीशनिश्चरेका निवर्तमान प्रमुखसमेत रहेका प्रदेश सभा (क)को उमेद्वार दिलिपकुमार राई (किशोर), समानुपातिक उम्मेद्वार नरनाथ लुइटेल युवाहरुवीच बिषय राखेका थिए ।
    भेलाद्वारा भक्त राईको कमाण्डर रहेको समितिको सह–संयोजक देव साम्पाङ, सदस्यहश्र क्रमशः प्रभ रसाइली, रामकुमार राई, कुलमणि गुरुङ, रोश थक्लुङ, तेजपाल लिम्बु, रोहित सुब्बा, चन्द्र थाम्सुङ, प्रकाश राई, श्याम विक, शंकर महतो (सेवारो), दिपराज राई, नरेश सुब्बा, सुभाष राई, निर्मल साँवा, राजन तिम्सिना, राम श्रेष्ठ, उमेश श्रेष्ठ, गणेश श्रेष्ठ लगायत ५१ सदस्यीय समिति रहेका छन् ।
    युवा संघ पथरीशनिश्चरे नगर समिति अध्यक्ष किसन राईको अध्यक्षतामा भएको सो कार्यक्रमलाई काशीहाङ राईले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टीको केन्द्र, प्रदेश, जिल्ला र नगर समितिका पदाधिकारी सदस्यहरु सहभागि रहेका थिए । 

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…