• मोरङ ।  मोरङको पथरीशनिश्चरे नगरमा नेपाली काग्रेस पार्टीबाट प्रमुख १२ र उपप्रमुखमा ७ जनाले दाबी गरेका छन् । 
    कांग्रेस पथरी शनिश्चरे नगर समितिले सोमबार उमेद्वारी सम्बन्धमा बैठक बोलएको हो थियो । 
    पार्टी जिल्ला समितिले प्रमुख, उपप्रमुखमा बढीमा तीन, तीन जनाको नाम पठाउन भनेपछि भएको बैठकमा प्रमुख पदको लागि १२ र उपप्रमुखमा ७ जनाले दाबी नछाडेको नगर सचिव शन्तोष कटुवालले बताए । 
    बैठकमा नगर प्रमुख पदका लागि गणेश कुमार खड्का (पार्टी क्षेत्रीय सभापति), रुप नारायण भट्टराई, पर्शुराम कार्की, नगेन्द्र सुब्बा, जयबहादुर तामाङ (६ नं. वडा अध्यक्ष), लोकनाथ खरेल,सागर राई (१० नं. वडा अध्यक्ष), माधब कोइराला, सोमबहादुर कटुवाल (सन्तोष, पार्टी नगर सचिव), अनुप योन्जन, चन्द्र केसि, मनु पुर्कुटीले दाबी गरेका छन् । 
    त्यसैगरी उपप्रमुखमा प्रेमला राई, कबिता पराजुली, तुलसा याख्या, राधा संग्रौला, बिना राई, मिना सेन्चुरी र मन्जु कुमारी बस्नेत (कार्की)ले आकांक्षा राखेका हुन् । कसैले दाबी नछाडेपछि सबैको नाम जिल्ला समितिमा पठाइएको कांग्रेस नगर सचिव सन्तोस कटुवालले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…