• मोरङ ।  मोरङको पथरीशनिश्चरे नगरमा नेपाली काग्रेस पार्टीबाट प्रमुख १२ र उपप्रमुखमा ७ जनाले दाबी गरेका छन् । 
    कांग्रेस पथरी शनिश्चरे नगर समितिले सोमबार उमेद्वारी सम्बन्धमा बैठक बोलएको हो थियो । 
    पार्टी जिल्ला समितिले प्रमुख, उपप्रमुखमा बढीमा तीन, तीन जनाको नाम पठाउन भनेपछि भएको बैठकमा प्रमुख पदको लागि १२ र उपप्रमुखमा ७ जनाले दाबी नछाडेको नगर सचिव शन्तोष कटुवालले बताए । 
    बैठकमा नगर प्रमुख पदका लागि गणेश कुमार खड्का (पार्टी क्षेत्रीय सभापति), रुप नारायण भट्टराई, पर्शुराम कार्की, नगेन्द्र सुब्बा, जयबहादुर तामाङ (६ नं. वडा अध्यक्ष), लोकनाथ खरेल,सागर राई (१० नं. वडा अध्यक्ष), माधब कोइराला, सोमबहादुर कटुवाल (सन्तोष, पार्टी नगर सचिव), अनुप योन्जन, चन्द्र केसि, मनु पुर्कुटीले दाबी गरेका छन् । 
    त्यसैगरी उपप्रमुखमा प्रेमला राई, कबिता पराजुली, तुलसा याख्या, राधा संग्रौला, बिना राई, मिना सेन्चुरी र मन्जु कुमारी बस्नेत (कार्की)ले आकांक्षा राखेका हुन् । कसैले दाबी नछाडेपछि सबैको नाम जिल्ला समितिमा पठाइएको कांग्रेस नगर सचिव सन्तोस कटुवालले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…