• मोरङ । अमेरिकन च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धमा विप्लव नेतृत्वको नेकपासहितका छ वडा संगठनले आयोजना गरेको नेपाल बन्दको मोरङ पथरीशनिश्चरेमा प्रभाव सामान्य रहेको छ ।  
    मुख्य सडकमा लामो दुरीको यातायातको साधन छिटफुट मात्र चलेको छ । सोमबार पथरी बजार नियमित बन्द रहेकोले पातलो मात्र खुलेको छ । निजि विद्यालयहरु भने खुल्ला रहेको छ । बन्दकर्ताहरु सडक बजारमा नदेखिएका इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्काले बताए । 
    सदनबाट एमसीसी पास भएपछि नेत्रविक्रम चन्द (विप्लव), ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पाटी, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वका राष्ट्रिय जनमोर्चा, आहुति नेतृत्वमा वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालसहित ६ वटा संगठनले आज (१६ फागुन)मा नेपाल बन्दको आयोजना गरेको हो । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…