• गैरआवासीय नेपाली संघ (एनआरएनए ) को “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत दोस्रो चरणमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँ पुगेका छन्।

    संघका राष्ट्रिय समन्वय परिषद्को समन्वयमा यूकेबाट १५०,अस्ट्रेलियाबाट १००,क्यानाडा बाट ७५,जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०,इटाली बाट १० चीनबाट ७ र अन्य संस्थाहरु सहयोगमा ३६ गरि ४२८ कन्सन्ट्रेटर आइतबार नेपाल पुगेको संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

    यस्तै अफ्रिका क्षेत्रबाट २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पन्तले जानकारी दिए। संघले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको पहल सुरु गरिसकेको हुँदा अभियानमा विभिन्न तवरमा सहयोग गर्नेसबैलाई पन्तले धन्यवाद समेत दिएका छन् ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…