• वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी विवादमा फैसला नदिनु विडम्बना रहेको बताए । आयोगले निर्णय नदिएकोप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ?’

    एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।


    आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्तामाझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गरे ।


    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताए ।

    ‘जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं,’ उनले भने, ‘तर अध्यक्ष ओलीले मतलबै नदिइ सानो गुटको भेला बोलाउनुभएछ । त्यसैलाई केन्द्रीय कमिटीको विषेश बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खोसिदिनुभयो, जिम्मेवारी खोसिदिनुभयो । मान्छे थपिदिनुभयो । विधान संसोधन गरिदिनुभयो ।’

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…