• केही समयअघि हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएको थियो । एकाउन्ट ह्याक हुनु सामान्य कुरा हो तर ह्याकरले विभिन्न बहाना गर्दै कलाकारहरूको एकाउन्टमा जोडिएकाहरूसँग पैसा माग गरेको कुरा रोचक थियो ।


    अहिले सामाजिक सञ्जालमा यसैसम्बन्धी अर्को रोचक कुरा बाहिरिएको छ । साइबर ब्युरो अफ नेपालले पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई कलाकारहरूको एकाउन्ट ह्याक गरेको अभियोगमा पक्राउ गरेको छ । अभिनेता खनाल र निर्देशक दीपाश्रीले दिएको उजुरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा लागेको थियो । खोजी गर्ने क्रममा प्रहरीले १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको   हो ।

    जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ ।

सम्वन्धित समाचार

काठमाडौ । दोलखाको वैतेश्वर गाउँपालिकाका एक पुरुष सुनकोशी नदीमा हामफालेका छन् । वैतेश्वर गाउँपालिका …

रामेछाप । रामेछापबाट काठमाडौँ जादै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको छ । बा ३ ख ८४०८ नम्बरको यात्रुब…

रामेछाप । हिमाल पावर हाइड्रोका गार्डको रामेछापको खिम्ती खोलामा पौडी खेल्न जादा डुबेर मृत्यु भएको छ । मृ…

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…