• काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा दिउँसो २ बजे बेलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने छ ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । कांग्रेसले आगामी भदौ ७ गते १४ औं महाधिवेशनको मिति तोके पनि काम अघि बढ्न सकेको छैन। सबै जिल्लाको विवरण अध्यावधिक गर्ने काम समेत अहिलेसम्म सम्पन्न भएको छैन।

    यस्तै‚ कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र विपक्षमा रहेका दलहरुसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयमा आफ्नो ठोस धारणा तय गर्न सकेको छैन।

    नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कांग्रेसको निर्णय पर्खिरहेको अवस्थामा यस विषयमा पनि ठोस निर्णय गर्नुपर्ने दबाबमा कांग्रेस रहेको छ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…