• काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा दिउँसो २ बजे बेलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने छ ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । कांग्रेसले आगामी भदौ ७ गते १४ औं महाधिवेशनको मिति तोके पनि काम अघि बढ्न सकेको छैन। सबै जिल्लाको विवरण अध्यावधिक गर्ने काम समेत अहिलेसम्म सम्पन्न भएको छैन।

    यस्तै‚ कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र विपक्षमा रहेका दलहरुसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयमा आफ्नो ठोस धारणा तय गर्न सकेको छैन।

    नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कांग्रेसको निर्णय पर्खिरहेको अवस्थामा यस विषयमा पनि ठोस निर्णय गर्नुपर्ने दबाबमा कांग्रेस रहेको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…