• २०७४ फागुन ६
    काठमाडौं । पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड आज निर्णायक छलफलमा जुटेका छन् ।

    दुई नेताको वार्ता भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सन्चालक दुर्गा प्रसाईंको घरमा चलिरहेको छ ।

    झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजका सन्चालक प्रसाईं माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी हुन् । वर्षमान पुनमार्फत उनी माओवादीमा हावी भएको मानिन्छ । बी एण्ड सी कलेज सम्बन्धनको पर्खाइमा छ ।

    यसअघिका एकता बार्ता माओवादी निकट निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको मानभवनस्थित निवासमा हुने गरेका थिए ।

    पार्किङलगायतका सुबिधाका कारण बार्तास्थल प्रसाईं निवास रोजिएको प्रचण्डका एक सहयोगीले बताए । दुई नेतावीच शनिवार ओली निवास बालकोटमै वार्ता भएको थियो । शीर्ष तहको बार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…