• लहान, १५ मंसिर । सिरहा तथा धनुषाको सिमानामा पर्ने कमला नदिमा पवित्र स्नान गर्न प्रत्येक बर्ष झै यस वर्ष पनि कात्र्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने भुत मेलामा सिकारु धामी झाँक्रीहरुको ठुलो घुइचो लागेका छन् ।

    सोमबार विहानै सूर्योदयसंग उनिहरुले कमला नदिमा सिद्ध स्नान गरेका छन् । सिकारु धामी झाँक्रि तथा बोक्सा बोक्सीहरुले कार्तिक पूर्णिमाका दिन पवित्र नदिहरुमा स्नान गर्दा सिकेको जादु तथा टुना स्थायी हुने मान्यता रहेको उनिहरु बताउँछन् ।

    पहेलो साडीमा सजिएका महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हातमा बेत नचाउदै तथा सुमधुर महराइ गाउदै विभिन्न देवि देउताको स्वाग गर्दै सिरहा तथा सप्तरीको विभिन्न गाउहरुबाट विहानैदेखि मेलाका लागि प्रस्थान गरेको थिए । कार्तिक स्नान नगरेसम्म धामीघााक्रिहरु पाको मानिदैन मेला भर्न आएका जनकपुर नगरपालिका १ निवासी रामु सदायले भने — जादुटुना सिकेर पनि जगतलाई भलाई गर्न सकिएन भने सिकेर के फाइदा उनले बताए । कमला नदिमा वर्षेनी भुत मेला लाग्ने गरेको छ जहाँ सिरहा, सप्तरी, धनुषा, महोतरीका हजारौ सिकारु धमि धाँक्रिहरु सहभागि हुन्छन् ।

    धामी झाक्रीहरुले भुत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात कात्र्तिक शुक्ल पुर्णिमाको दिन स्नान गर्ने सदियौंको परम्परा भएको सर्वसधारणहरु बताउछन् । स्नान गरेपश्चात मेलामा दहि च्यूरा खाने प्रचलन रहेको सहभागिहरुले बताउछन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…