• मोरङ

    श्रावण १६, २०७७ 
    लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढीगंगा गाउँपालिका–१ खोरैयामा प्रहरीमाथिनै आक्रमण भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङको टोलीमाथि बिहीबार राति गाउँलेले घेरा हालेर आक्रमण गर्दा तीन प्रहरी घाइते घाइते भएका छन् । घाइते हुने प्रहरीहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी छन् ।

    घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ । अरु घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

    आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गरेको मोरङका एसपी सन्तोष खड्काले बताए । ‘प्रहरीको हतियार खोस्न खोजेपछि हवाई फायर भएको हो ।’ उनले भने ‘‘तत्काल हवाई फायर नगरेको भए आक्रमणबाट थप क्षति बेहोर्नु पर्ने अवस्था आउने थियो ।’

    ठूलो संख्यामा परिचालित प्रहरी टोलीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । आक्रमण भएपछि प्रहरीले स्थानीय स्तरमा स्टोर गरेर राखेको भनिएको लागुऔषध भने बरामद गर्न सकेन । प्रहरीले लागुऔषधको अवैध कारोबार गर्नेहरुको पहिचान गरेर खोजी थालिएको जनाएको छ ।

    प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा सादा पोसाकको टोली सो स्थानमा पुगेको थियो । गाँउलेहरुले शुरुमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेका थिए । पछि थप मद्धतका लागि गएको हतियारसहितको टोली टोलीमाथि पनि आक्रमण भएको एसपी खड्काले जानकारी दिए ।

    गाँउलेहरुले प्रहरीमाथि लाठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…