• डोटी । आज सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचन अल्पसंख्यक अपाङ्गबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश महरा र दलितबाट एमालेका चक्रप्रसाद स्नेही विजयी भएका छन् ।
    महराले तीन हजार सात सय आठ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दि नेपाली काग्रेसका उम्मेदवार छत्रराज जोशीले एक हजार नौ सय आठ मत प्राप्त गरे गरे । दतिल तर्फ एमालेका चक्रप्रसाद स्नेहीले तीन हजार सात सय आठ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी शेरिराम पार्कीले एक हजार आठ सय ९० मत प्राप्त गरेका थिए । स्थानिय तहको एक मतदाताको मत बदर भएकोले पार्कीले केही कम मत पाएको बताईन्छ ।

     

    सिलगढीको पदमपव्लिक माध्यामिक विद्यालयमा मतदान भएको थियो । चुनावमा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले पहिलो मतदान गरेका थिए । उनले १० बजेर पाँच मिनेटमा मतदान गरेका हुन ।सात नम्वरका अधिकांश मतदाताहरु मंगलवार नै डोटीको सदरमुकाम सिलगढी पुगिसकेका थिए । चुनावमा लागि स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभाका सदस्य गरेर दुई सय २९ जना मतदाता थिए ।

    चुनावमा लागि स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभाका सदस्यको मतभार भने फरक रहेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार समान १८ छ भने प्रदेश सभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । सात नम्वरबाट तीन पुरुष र तीन महिला गरेर छ जना निर्विरोध भइसकेका छन । निर्विरोध हुनेमा पुरुषतर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी, नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् । यस्तै महिला तर्फ एमालेका कमला ओली, ईन्दु कडरिया र नेपाली काँग्रेसका तारादेवी भट्ट रहेका छन् ।
    राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर ७ मा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले भोट हालेनन्। दुई जना सांसद रहेको राजपाका सांसद बुधबार भएको मतदानमा सहभागी भएनन्। कैलालीबाट चुनाव जितेका कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जनाए ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…