• सैलेन्द्र चौधरी,,काठमाडौं ।

    राजधानीको नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलले रजत महोत्सव मनाएको छ ।
    नेपालको उत्कृष्ट विद्यालयको रुपमा चिनिएको सो नाइटिङ्गेलले रजत महोत्सवको अवसरमा मंगलबार भब्य कार्यक्रम गरेको छ ।

    सो अवसरमा विभिन्न प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
    ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनको प्रमुख आतिथ्यतामा भएको सो रजत महोत्सवमा विद्यालयका विद्यार्थीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

    उनीहरुले कलात्मक खेल पनि प्रदर्शन गरेका थिए ।सो अवसरमा मेयर महर्जनले शिक्षा क्षेत्रमा नाइटिङ्गेल स्कुलले गरेको योगदान सह्राहनीय भएको बताए । उनले शिक्षाको विकासमा लागि शैक्षिक क्षेत्रमा सुधार गर्न जरुरी भएको पनि बताए ।

    सो कार्यक्रममा ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल, जिल्ला शिक्षा कार्यालयका प्रमुख देवेन्द्र खनाल लगायतले नाइटिङ्गेल स्कुलले देशमै नाम उच्च बनाएकोमा प्रशंसा गरे ।
    सो विद्यालयका प्रिस्सिपल रञ्जना प्रधानले स्थापना कालदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रयासरत रहेकाले पनि आफ्नो विद्यालय देशभरमा उत्कृष्ट हुन सफल बनेको बताए । यो विद्यालय २०७२ मा संस्थागत तर्फ सर्वोत्कृस्ट
    बनेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…