• काठमाडौं - फेरि लकडाउन थपिएको छ । सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
    पछिल्लो समयमा कोरोना भाइरसका संक्रमतिको संख्या थपिदै गएपछि सरकारले यसको नियन्त्रणका लागि थप जेठ ५ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो ।


    मंगलबार मात्रै कोनो नियन्त्रणका लागि बनेको उच्च स्तरीय समितिले ७ देखि १० दिनसम्म लकडाउन थप्न सकिने सुझाव दिएको थियो । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ । खुकुलो बनाउने विभिन्न विषयमा छलफल भए पनि अहिलेलाई देशैभर लकडाउन थपिएको छ ।



    कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…