• पुष्कर खड्का रामेछाप -
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको सम्भावित संक्रमण नेपालमा फैलिन नदिन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।




    फेरि लकडाउन सकिन २ दिन बाकि हुदै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी गर्दै लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।






    जसअनुसार अाईताबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले लकडाउनको समय ८ दिन थप गरेर २५ गते बिहान सम्मलाई नेपाल लकडाउन गरेको छ । तर रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा भने रातको समयमा यात्रुवहाक सवारी साधन भित्रन थालेपछि लिखु तामाकोसी गाउँपालिकावासी चिन्तित बनेका छन् ।







    साथै नेपालमा कोरोनाको संक्रमण देखिएका पाँच जना विदेशबाट आएका पाइएको छ । लकडाउनको समयमा पनि रातीराती यात्रु सहितको सवारी प्रवेश हुने क्रम रोकिएको छैन् ।रामेछापको मुख्य नाका मङ्गलटार,नेपालथोक, सित्खा र सेलेघाटबाट रातीको समयमा यात्रु सहितको सवारी साधन प्रवेश गरेको छ ।








    रामेछापको लिखु तामाकोसी गाउँपालिकामा रातिको समयमा र दिउँसो गरी ज्यालामा काम गर्ने मजदुरहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी साधनको पास लिएर जिल्लाको लिखु तामाकोसी गाउँपालिका लगाएत रामेछापका विभिन्न गाउँपालिका र नगरपालिकामा प्रवेश गर्ने गरेका छन् ।






    काठमाडौंमा ज्याला मजदुरी गरेर जीविका धान्न नै कठिन भएपछि गाडी रिर्जभ गरेर रामेछापवासीहरु गाउँ फर्कन बाध्य भएका हुन ।काठमाडौंबाट बिपी राजमार्ग हुँदै रामेछाप जिल्लाका विभिन्न ठाउँहरुमा सवारी साधन प्रवेश गर्ने गरेका छन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…