• १३-चैत्र-२०७६

    चीन पछि द कोरिया र पछि युरोपमा आतंक मच्चाउदैछ कोरोनाले । यसै बीच इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्।

    ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन्। उनी त्यस क्षेत्रमा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लिन थिइन्।
    बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन्।

    उनी लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स थिइन्। यो क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको छ ुकोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगेँ। अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैनु, आत्महत्या गर्नुअघि उनले लेखेकी थिइन्, ुत्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु।ु नर्सहरुको महासंघ इटालीले डेनिला ट्रेज्जी कोभिड(१९ बाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा खटिएकी थिइन्। डेलीमेलका अनुसा इटालीमा कोरोनाभाइरसविरुद्धको लडाईंमा नर्सहरु अग्रमोर्चमा खटिएका छन्। तर उनको आत्महत्याको खबरले सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको नर्सहरुको महासंघले जनाएको छ।

    महासंघका अनुसार ती नर्समा गरिएको परीक्षणमा कोरोनाभाइरसको पोजेटिभ आएको थियो। त्यसपछि उनी अरुलाई संक्रमण हुन सक्ने कुराले तनावमा थिइन्। महासंघले अरुलाई जोगाउन भन्दै नर्सले आत्महत्या गरेकोमा सिंगो देश नै स्तब्ध भएको जनाएको छ। ु
    कयौँ दिनरात कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण भएको थियोु, महासंघले भनेको छ, ुएकजना नर्सले अरुको ज्यान जोगाउन आफ्नो ज्यान त्यागेको कुराले हामी मर्माहत भए

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…