• फाल्गुन ९, २०७६

    काठमाडौँ — नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार संगठनले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको ज्यादतिको विरोध र बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको उपसभापति मुक्तिराज पौडेलले जानकारी दिए ।

    तस्बिर सौजन्य : नेविसंघ उपसभापति मुक्तिराज पौडेल

    बाँस्कोटालाई कारबाही माग गर्दै बिहीबार साँझ गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला थपलियालगायत दर्जन बढि घाइते भएका थिए।

     

    शुक्रबार दिउँसो नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गरिएको हो। बाल्मिकी क्याम्पसबाट सुरु भएको प्रदर्शन राष्ट्रिय सभा गृहमा पुगेर पुनः बाल्मिकीमै फर्केर कोणसभामा परिणत भएको थियो।

    कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले बाँस्कोटाको राजीनामा स्वीकृत गरेर मात्रै नपुग्ने बताउँदै उनलाई कानुनी कारबाही गरिनुपर्ने बताए। ‘प्रधानमन्त्री ज्यू सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गरेर मात्रै पुग्दैन। कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ,’ अध्यक्ष ढुंगानाले भने, ‘सेक्युरिटी प्रेससम्बन्धी ‘डिलिङ’का सम्बन्धमा बाहिरिएको अडियोमा उल्लेख भएका हामी र माथि भन्ने शव्दभित्र को–को र कहाँ कहाँसम्म परेका छन्, खोज्नुपर्‍यो।’

    कोणसभामा उपसभापति पन्त महामन्त्रीद्वय युवराज पाण्डे र दिपक भट्टराईले पनि बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने र शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यादति गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने बताएका थिए।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…