• विराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री भएको बताउनुभएको छ ।

    अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज यहाँ उहाँले अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिनुभयो । उहाँले अपाङ्ग भएका व्यक्तिको पुनःस्थापना गर्नाका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका लागि स्वस्थ र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।

    प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्ग बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताउनुुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

    करुणा फाउन्डेसनका अध्यक्ष प्राडा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा पुुग्ने बताउनुुभयो । सामाजिक विकास मन्त्रालय तथा स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ पालिकामा यो अभियान लागू हुनेछ ।

    पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ । सोही अवसरमा ह्विल चियरमा विश्वयात्रा गर्नुुहुुने ओखलढुुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजारसहित सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …